Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पूरा, उत्साह र विवाद उत्तिकै, वर्षभरीको समिक्षा गरी प्रशंसा र क्षमा दिन रविको आग्रह (खासखबर)

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पूरा, उत्साह र विवाद उत्तिकै, वर्षभरीको समिक्षा गरी प्रशंसा र क्षमा दिन रविको आग्रह (खासखबर)

  • बिहिवार, आषाढ ७ २०८०

  • 472
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पूरा, उत्साह र विवाद उत्तिकै, वर्षभरीको समिक्षा गरी प्रशंसा र क्षमा दिन रविको आग्रह (खासखबर)

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा स्थापनाको एक वर्ष पूरा भएको छ । गत वर्ष असार ७ गते रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको थियो । पार्टी गठन लगत्तै संसदीय निर्वाचनमा होमिएको यो पार्टीले उत्साह प्रद नतिजा ल्याएर नेपालको राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । यद्यपि, यो अवधिमा रास्वपा विवादको घेरामा पनि उत्तिकै रुमल्लिएको थियो । पार्टी गठन भएको एक वर्षसम्म पनि पार्टीको वैचारिक र सैद्धान्तिक कार्यदिशामाथिको अन्यौलता रास्वपाले चिर्न सकेको छैन ।

    एकातिर राजनीतिक उपलब्धिको रमझम र अर्कोतिर विवादको झमेलाका बीच रास्वपाले एक वर्ष पार गरेको छ । पार्टीका केन्द्रीय सदस्य शिरिर खनालले केही व्यक्ति, समूहले आफूहरुलाई पहिले शंकाको दृष्टिले हेरेको भएपनि वैशाख १० गतेको निर्वाचनले सबै चिरेको दाबी गर्नुभयो । अर्का नेता डा. स्वर्णिम वाग्लेले रास्वपा सरकारमा जाँदा कुन नीति लिएर जाने र पुराना दलहरुले गरेका कामहरुलाई कसरी करेक्सन गर्ने भन्ने विषयमा गहन छलफलमा जुटेको बताउनुभयो ।

    गत मंसिर ४ मा भएको आम निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फको १ सय ६५ क्षेत्रमध्ये १३१ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो । प्रदेशसभातर्फ भने उसले उम्मेदवारी नै दिएको थिएन । पार्टी स्थापनाको पाँच महिनामै चुनावी मैदानमा उत्रिएको रास्वपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिटमा जित हात पा¥यो । समानुपातिकतर्फ रास्वपाले ११ लाख ३० हजार ३४४ मत पाएको थियो ।

    जसका आधारमा समानुपातिकतर्फ १३ सिट प्राप्त ग¥यो। प्रतिनिधिसभामा उसको प्रत्यक्षतर्फ ७ र समानुपातिक १३ गरी कुल २० सांसद गत मंसिरको निर्वाचनबाट निर्वाचित भएका थिए । स्थापना दिवसको अवसरमा बोल्दै पार्टीका सभापति रवि लामिछानेले वर्षभरी गरेका गल्ती र राम्रा कामको माफी र प्रशंसा गर्न सबैलाई आग्रह गर्नुभएको छ।

    स्थापना दिवसको अवसर पारेर पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश गर्नुभएको छ । उहाँले परिवर्तन आफ्नै पालामा सम्भव भएको भन्दै आजैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । स्थापना दिवसका अवसरमा शुभकामना दिँदै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले रास्वपाले सही दिशा अवलम्बन गरे अरु दलहरुलाई पनि दबाब हुने बताउनुभयो ।

    स्थापना दिवसका अवसरमा शुभकामना दिँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताले त्याग बलिदान गरेर ल्याएको लोकतन्त्रलाई संस्थागत गर्दै सबै दलहरु मिलेर समाजवादको यात्रामा लाग्नुपर्ने बताउनुभयो ।

    रास्वपाले जनतालाई सास्ती हुने बन्द हड्ताल नगर्ने, अपारदर्शी चन्दा नउठाउने, नियुक्तिमा टीका नलगाउने, स्रोत साधन दुरुपयोग नगर्ने, राष्ट्रहितविपरीतका सम्झौता नगर्ने, अवकाशपछि राज्यबाट सुविधा नलिने, चुनाव हारेकालाई चोरबाटोबाट सांसद र मन्त्री नबनाउने मात्रै होइन, सकेसम्म संसदमा गयल नहुने र गयल भएको दिनको भत्ता नलिने बाचा पनि गरेको छ । रास्वपाले केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्मका पार्टी संरचना बनाउने नीति पनि लिएको छ ।


    बिहिवार, आषाढ ७ २०८००८:२६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij