Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

प्राधिकरणविरुद्ध रिट लिएर बालेन पुगे अदालत

प्राधिकरणविरुद्ध रिट लिएर बालेन पुगे अदालत

  • बिहिवार, आषाढ ७ २०८०

  • 489
    SHARES

  • प्राधिकरणविरुद्ध रिट लिएर बालेन पुगे अदालत

    काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गर्नुभएको छ । आफूलाई कारबाही गर्नेगरि स्पष्टीकरण सोध्ने प्राधिकरणको निर्णय कानुनसम्मत नभएको भन्दै मेयर बालेनले उच्च अदालतमा रिट दर्ता गर्नु भएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ ३२ को निर्णय भन्दै असार १ गते पनि स्पष्टीकरण सोधेकोले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन आदेशको माग गरिएको छ।

    प्राधिकरणसमक्ष ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको प्राधिकरणको निर्णय कानुन विपरीत भइ बदरभागी रहेको, त्यसलाई बदर गराउने सम्बन्धमा अन्य वैकल्पिक कानुनी उपचारको व्यवस्था नभएको रिटमा दाबी गरिएको छ। मेयर शाह, महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र टंकबहादुर थापाले संयुक्त निवेदन दिएका हुन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्कालीन श्री ५ को सरकारले अधिग्रहण गरी प्राधिकरणको नाउँमा दर्ता गरी नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २(ग) बमोजिमको विमानस्थल क्षेत्रको रुपमा रहेको काठमाडौं–९ स्थित नक्सा सिट नम्बर १०२–११४७–१५, कित्ता नम्बर ३० को जग्गा प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र भएकाले आफूहरुले तार काटेको रिटमा जिकिर छ।

    प्राधिकरण सँगको मिलेमतोमा उक्त जग्गामा विभिन्न व्यक्तिहरुलाई अनाधिकृत घर टहराहरु बनाइ निजी रुपमा प्रयोग गर्न, व्यवसाय सञ्चालन गर्न दिइ त्यसवापतको गैरकानुनी आर्जन व्यक्तिगत रुपमा लिने गरेको भन्ने स्थानीय बासिन्दाहरुको गुनासो आएको रिटमा दाबी गरिएको छ।

    उक्त अनाधिकृत संरचनाहरु हालसालै काठमाडौं महानगरपालिकाले भत्काएर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सो सरकारी जग्गाको संरक्षण गरिदिएको दाबी रिटमा गरिएको छ।


    बिहिवार, आषाढ ७ २०८००३:४८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij