Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

‘समाजवादी मोर्चा’ दुर्घटना हुन सक्छः घनश्याम भुसाल

‘समाजवादी मोर्चा’ दुर्घटना हुन सक्छः घनश्याम भुसाल

  • बिहिवार, आषाढ ७ २०८०

  • 998
    SHARES

  • ‘समाजवादी मोर्चा’ दुर्घटना हुन सक्छः घनश्याम भुसाल

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने दुर्घटनामा पर्ने बताउनु भएको छ। मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा काठमाडौँमा सुरु‘सङ्गठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी’को उद्घाटनमा भुसालले वर्तमान आवश्यकतालाई मात्र मोर्चाले ध्यान दिए त्यसको औचित्य समाप्त हुने टिप्पणी गर्नुभयो।

    इमान्दार तवरले जनतासम्म पुग्न नसक्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएको बताउँदै महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो।बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव रहेकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास हुनुपर्नेमा उहाँको जोड छ।

    वर्तमान ‘पपुलिष्ट’ संस्कृतिलाई विस्थापित गर्नका ठूलो शक्ति पैदा हुने तर्क गर्दै महासचिव भुसालले वर्तमान राजनीतिक दलले रोक्न सकेनन् भने अब आउने दिनमा लोप हुनुको विकल्प नरहेको बताउनुभयो ।

    मार्क्सवादी भन्दा पनि भोगवादी समाज निर्माण हुँदै गएको बताउँदै उहाँले नेतृत्वलाई अन्ध समर्थन गर्दा चेतनास्तर कमजोर देखिएको टिप्पणी गर्नु भएको छ ।

     


    बिहिवार, आषाढ ७ २०८००३:३२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij