Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

विपद्‌पछिको  खोजी, उद्धार र राहतका लागि प्रभावकारी संयन्त्र तयार छ: गृहमन्त्री श्रेष्ठ

विपद्‌पछिको  खोजी, उद्धार र राहतका लागि प्रभावकारी संयन्त्र तयार छ: गृहमन्त्री श्रेष्ठ

  • बिहिवार, आषाढ ७ २०८०

  • 285
    SHARES

  • विपद्‌पछिको  खोजी, उद्धार र राहतका लागि प्रभावकारी संयन्त्र तयार छ: गृहमन्त्री श्रेष्ठ
    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोलगायत विपद्‌का घटनापछिको खोजी, उद्धार र राहतका लागि तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएको छ ।​
     
    राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले आवश्यक पूर्व तयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा  सम्बोधन गर्न सकिएको जानकारी दिनुभयो ।
     
    गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘विपद्‌का घटनामा तत्काल उद्धार कार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमान्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।’ थुप्रै सम्भावनाका बीचमा पनि नेपाल भूकम्प, बाढी–पहिरो, जलवायु परिवर्तनको असरबाट हुने क्षतिका हिसाबले उच्च जोखिममा रहेकाले विभिन्न खाले विपद्को सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले राहत, उद्धार र सहयोगलगायत विषयलाई प्रभावकारी विभिन्न तहमा गठन गरिएको समितिबाट प्रभावकारीरुपमा काम हुने जानकारी दिनुभयो । 
     
    विपद्‌मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र व्यवस्थापन गर्न ११ स्थानमा मानवीय सहायता आपत्कालीन भण्डारण खडा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पाँच वटा मेसिन जडानसहित २७ डुङ्गाको व्यवस्थापन भइरहेको बताउनुभयो ।
     
    खोज तथा उद्धार सामग्री, एम्बुलेन्स, अग्नि नियन्त्रण, अग्नि प्रतिरोधी कपडासहितको सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई पठाइसकिएको  जानकारी दिँदै उहाँले हवाई उद्धारका हेलिकप्टर तथा बाढी पहिरोले भत्काएका स्थानमा तत्काल यातायात सञ्चालन गर्नका लागि बेलिब्रिजको व्यवस्था गरिने बताउनुभयो ।​
     
    विपद्‌का घटनापछि तत्काल मानवीय उद्धार र स्थानान्तरण, पहुँच स्थापित, पुनः स्थापना र पुनः निर्माणको काम क्रमशः हुने उहाँले स्पष्ट पार्नुभयो।


    बिहिवार, आषाढ ७ २०८००३:०३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij