Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

‘बालेन र हर्कलाई रास्वपामा समेट्छौं’ : रवि लामिछाने

‘बालेन र हर्कलाई रास्वपामा समेट्छौं’ : रवि लामिछाने

  • बिहिवार, आषाढ ७ २०८०

  • 469
    SHARES

  • ‘बालेन र हर्कलाई रास्वपामा समेट्छौं’ : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वतन्त्रतर्फबाट निर्वाचन जितेका मेयरहरूलाई रास्वपामा सदैव बाटो खुल्ला रहेको बताउनु भएको छ।

    पार्टी स्थापना दिवसको अवसरमा रास्वपा सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायत स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई रास्वपाको ढोका खुला रहेको बताउनुभएको हो

    स्वतन्त्र उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ को चुनावमा समेट्न सक्ला कि नसक्ला भनेर पत्रकारहरुले राखेको जिज्ञासामा सभापति लामिछानेले भन्नुभयो, ‘यो त एकदमै राम्रो हुन्थ्यो। त्यस्ता साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहना छँदै छ। त्यो चाहना अनुरुप अन्य साथीहरुले पनि त्यसै गरी सोचिदिनुभयो भने त हाम्रो तर्फबाट त एक सय प्रतिशत सकारात्मक छँदै छौं नि, सम्बन्धको हिसाबले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ। उहाँहरुको कामको हिसावले त मैले निरन्तर रुपमा कामको प्रशंसा गरेकै छु। उहाँको राम्रो काममा सघाएकै छु। ’


    बिहिवार, आषाढ ७ २०८००२:५०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij