Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ‘प्रचण्ड’ र ‘विप्लव’बीच समाजवादी मोर्चालाई सुदृढ बनाउने बारेमा गम्भीर छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र ‘विप्लव’बीच समाजवादी मोर्चालाई सुदृढ बनाउने बारेमा गम्भीर छलफल

  • बिहिवार, आषाढ ७ २०८०

  • 512
    SHARES

  • प्रधानमन्त्री ‘प्रचण्ड’ र ‘विप्लव’बीच समाजवादी मोर्चालाई सुदृढ बनाउने बारेमा गम्भीर छलफल

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच समाजवादी मोर्चा बलियो बनाउनेबारेमा गम्भीर छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्ड र विप्लवबीच समाजवादी मोर्चालाई सुदृढ बनाउने बारेमा छलफल भएको हो ।
    ‘प्रधानमन्त्री प्रचण्ड र विप्लव कमरेडबीच बिहान भेट भयो ।

    समाजवादी मोर्चालाई कसरी बलियो र प्रभावकारी बनाउने विषयमा छलफल भयो’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘माओवादी आन्दोलनका विरुद्ध एकपछि अर्को गर्दै प्रहार भएका बारेमा छलफल भयो ।

    माओवादी आन्दोलनले ल्याएका उपलब्धि रक्षा गर्न सबै एक जुट हुनुपर्ने विषयमा कुराकानी भए ।’ समाजवादी मोर्चाको बैठक बसेर कार्यक्रम बनाएर जाने विषयमा कुराकानी भएको ति सचिवालय सदस्यले बताउनुभयो। पछिल्लो समय राजावादी शक्तिहरू आक्रामक भएको विषयमा समेत प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच छलफल भएको बताइएको छ ।

    गत असार ४ गते समाजवादी मोर्चा घोषणा भएको हो । जसमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा विप्लव समूह सहभागी छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेट्ने भनिए पनि अन्तिममा उनलाई छुटाएको थियो ।


    बिहिवार, आषाढ ७ २०८००१:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij