काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानमा नेपाल भाषामा पनि सूचना प्रवाह हुने भएको छ।काठमाडौं महानगरपालिकाले यात्रुको सुविधाका लागि भन्दै स्थानीय भाषामा सूचना प्रवाह गर्न लागेको मेयर बालेन्द्र साह(बालेन)ले जानकारी दिनुभयो ।
आज महानगरको वार्षिक नीति प्रस्तुत गर्दै मेयर साहले भन्नुभयो, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाई जहाजमा यात्रुको सुविधाका लागि स्थानीय नेपाल भाषामा प्रवाह गर्न प्रबन्ध गरिनेछ।”
काठमाडौंमा अवतरण हुने विमानमा अंग्रेजी र नेपाली भाषामा सूचनाव प्रवाह हुँदै आएकोमा नेवारीमा पनि गर्न लागिएको महानगरले जनाएको छ।