काठमाडौं।सरकारमा सम्मिलित तीन दल नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी जसपा,नेकपा एकीकृत समाजवादी पार्टी र २०७९ सालमा निर्वाचन बहिष्कार गरेको नेकपा विप्लव मिलेर बनेको मोर्चाको औचित्य पुष्टि नभएको भन्दै टिप्पणी शुरु हुन थालेको छ। सरकारमा बार्गेनिङ पावर बढाउन र शक्ति सञ्चयका लागि मात्रै मोर्चा बनेको अधिकांशको बुझाइ रहेको छ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार मोर्चा पार्टी एकताको तयारीसहित बनेको होइन। यसको खास तात्पर्य सडक र सदनमा आफ्नो उपस्थिति बलियो बनाउनका लागि मात्रै गठन भएको उहाँको दाबी छ।
मोर्चाको औचित्य प्रष्ट पार्न नसकिएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो शक्ति सञ्चयका लागि तीन दललाई मिलाएको धेरैको बुझाइ छ। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व सहायत्री समेत रहेका डा.बाबुराम भट्टराईलाई बाहिर राखेर मोर्चा गठन गरिएको भन्दै उहाँ समर्थकहरुले प्रचण्डलाई बैगुनीको समेत संज्ञा दिएका छन्।
राजनीतिक विश्लेषक डा.सुरेन्द्र केशीका अनुसार अस्तित्व र चालबाजीले यो मोर्चा तयार भएको हो। यसको डिजाइनर प्रचण्ड नै हुन्। नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले यो मोर्चाले कम्युनिष्ट विचारधारा अंगालेका सबै दल तथा नेताहरुलाई फाइदा गर्ने बताउनुभयो।
लोकतन्त्रमाथि भइरहेको प्रहारको कवज नै समाजवादी मोर्चा बनेको उहाँको दाबी छ।चौधरीको दाबीलाई चिर्दै नेकपा एमालेका सांसद ठाकूर गैरेले भने जनआवाजलाई दबाउन र आफ्ना कमजोरीलाई लुकाउन मोर्चा बनाएको आरोप लगाउनुभयो । समाजवादी मोर्चामा सामेल भएका दलहरु पटकपटक परिक्षण भइसकेका छन् ।
ताजै अवस्थालाई लिने हो भने नेकपामा आवद्ध दलहरुनै मोर्चाको प्रमुख घटक बनेका छन् । साच्चै कम्युनिष्टहरुको एकताका लागि मोर्चा बनेको हो वा कसैलाई शक्तिमा पु¥याउन एकता हो त्यो भने दैनिक व्यवहारले देखाउला।