Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, मुटुमा पेसमेकर राखियो

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, मुटुमा पेसमेकर राखियो

  • मंगलवार, आषाढ ५ २०८०

  • 815
    SHARES

  • राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, मुटुमा पेसमेकर राखियो

    काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको आज दिउँसो मुटुको शल्यक्रिया गरिएको हो ।

    अस्पतालका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेसमेकर राखिएको जानकारी दिनुभयो । पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ।

    गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्‍याइएको थियो।त्यसयता निरन्तर चिकित्सकहरुको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा आज दिउँसो मुटुको शल्यक्रिया भएको हो।

    हाल पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। गत मंगलबार पनि पौडेलको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो।राष्ट्रपति पौडेल अढाई महिनामै पाँचौँ पटक अस्पताल भर्ना हुनु भएको छ।


    मंगलवार, आषाढ ५ २०८००३:५७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij