Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चा नेपाल घोषणा

समाजवादी मोर्चा नेपाल घोषणा

  • सोमवार, आषाढ ४ २०८०

  • 816
    SHARES

  • समाजवादी मोर्चा नेपाल घोषणा

    काठमाडौं । माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको घोषणा भएको छ ।भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा चारदलका शीर्ष नेता सहभागी कार्यक्रममा मोर्चाको घोषणा गरिएको हो ।

    समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर गरेर घोषणा गरिएको हो ।सहमति पत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गर्नुभएको छ ।

    मोर्चा घोषणासँगै १५ बुँदे नीतिगत प्रतिवद्धता पनि जारी भएको छ । कांग्रेस र एमाले पछि तेस्रो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गरिएको नेताहरुले बताएका छन् । प्रतिनिधिसभामा माओवादीका केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन् ।

    चार दलको मोर्चा बनेसँगै सांसदको संख्या ५४ पुग्ने छ । सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गरिएको नेताहरुको भनाइ छ ।


    सोमवार, आषाढ ४ २०८००८:०४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij