Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चा नेपाल घोषणा, पार्टी एकताको लक्ष्य, महत्वकांक्षी नेतृत्वले मोर्चा जोगिनेमा आशंका(खासखबर)

समाजवादी मोर्चा नेपाल घोषणा, पार्टी एकताको लक्ष्य, महत्वकांक्षी नेतृत्वले मोर्चा जोगिनेमा आशंका(खासखबर)

  • सोमवार, आषाढ ४ २०८०

  • 523
    SHARES

  • समाजवादी मोर्चा नेपाल घोषणा, पार्टी एकताको लक्ष्य, महत्वकांक्षी नेतृत्वले मोर्चा जोगिनेमा आशंका(खासखबर)

    काठमाडौं। नेपालमा विद्यमान कम्युनिष्ट पार्टीहरुमाथिको विश्वास गुम्दै गइरहेका बेला उनीहरु पुनः एकीकृत हुने लाइनमा जुटेका छन्। भविष्यमा पार्टी एकताको लक्ष्यसहित संसद्का तीन दल र बाहिरको एक राजनीतिक दल मिलेर समाजवादी मोर्चा गठन भएको छ। संसदमा प्रतिनिधित्व गरेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका साथै गत मंसिरको निर्वाचन बहिष्कार गरेको नेकपा विप्लव मिलेर समाजवादी मोर्चा गठन गरिएको हो ।

    समाजवादी मोर्चा अब दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति बनेको छ। अहिले माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। कांग्रेसका ८९ र एमालेका ७९ सांसद छन् । मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई पनि सहभागी गराउने प्रयास भएपनि त्यो सफल हुन सकेन।

    समाजवादी मोर्चाको ठूलो दल नेकपा माओवादी केन्द्र २०५२ साल फागुन १ गते सशस्त्र आन्दोलनको घोषणा गरी भूमिगत भएको पार्टी हो । माओवादी शान्ती प्रक्रियामा आइसकेपछि २०६४ साल चैत २८ गते नेपालको इतिहासमा ६० वर्षदेखी थाती संविधानसभाको निर्वाचन भयो । २०६५ जेठ १५ गते सम्पन्न संविधानसभाको पहिलो बैठकले मुलूकमा राजतन्त्रको विधिवत अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो।

    २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एमाले चुनाव लडे र उनीहरुले दुई तिहाइ नजिकको मत पाए र नेकपाको गठन गरी सरकार चलाए। त्यो एकता लामो समय टिक्न सकेन र एमाले, माओवादी पूर्ववत ठाउँमै उभिए। एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादीको उदय भयो ।

    अहिले संसदका १० सिटको प्रतिनिधित्व गरेको एकीकृत समाजवादी मोर्चामा समेटिएको छ। माओवादी केन्द्रबाट अलग भएर नेकपा गठन गरेका नेत्रविक्रम चन्द विप्लव पनि मोर्चामा समेटिएका छन्। आजको घोषणासभामा बोल्दै विप्लवले वैज्ञानिक समाजवादको लक्ष्यका साथ मोर्चा बनेको दाबी गर्नुभयो । जसपाका अध्यक्ष उपेन्द्र यादवले हालको संविधानको संशोधन मोर्चाको मुख्य लक्ष्य रहेको बताउनुभयो।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो मोर्चाले सबैको प्रतिनिधित्व गरी मुलुक विकासका लागि कोशेढुंगा सावित हुने दाबी गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा बनाउदा नै हतार गरेर बनायौ की भन्ने महसुस गरेको बताउदै विगतको तितो अनुभवबाट पाठ सिकेर अहिले निर्माण गरिएको समाजवादी मोर्चा नेपाललाई सफल हुन कसैले रोक्न नसक्ने दावी गर्नु भयो ।

    अहिले गठन भएको समाजवादी मोर्चाका विषयमा पनि यसको भविष्यबारे टिप्पणी शुरु भएको छ। पदको आशक्ति भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, शक्तिबाट बाहिर निस्कनै नचाहने उपेन्द्र यादव, शक्ति सन्तुलन नमिलेर माओवादीबाट बाहिरिएका विप्लव, एमालेमा सम्मान नभएको भन्दै बाहिरिएका माधव नेपाल यी अनुहारहरुले यो मोर्चालाई जोगाउन सक्लान त त्यो हेर्न भने बाँकी छ ।।


    सोमवार, आषाढ ४ २०८००८:०३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij