Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

एकजनाले बजेट बनाउने भए २७५ सांसद किन चाहियो? सिके राउत

एकजनाले बजेट बनाउने भए २७५ सांसद किन चाहियो? सिके राउत

  • सोमवार, आषाढ ४ २०८०

  • 1.7K
    SHARES

  • एकजनाले बजेट बनाउने भए २७५ सांसद किन चाहियो? सिके राउत

    काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताउनुभएको छ ।

    आज जारी प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा. राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुने गरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताउनुभएको हो ।

    उहाँले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गर्नुभयो। अध्यक्ष राउतले उहाँले सुझावसहित बजेट संशोधनको प्रश्ताव कार्यान्वय नभएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको बताउनुभयो।

    उहाँले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरु आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने जिकिर गर्नुभयो।

    अध्यक्ष राउतले सरकारले सांसदहरुका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका संसदहरुले आफ्नो अधिकार उपयोग गर्न आग्रह गर्नुभयो।

    उहाँले मधेस प्रदेश भन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको विनियोजन भएको भन्दै जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा बजेट निर्धारण गर्नेगरी संशोधन हुनुपर्ने बताउनुभयो।


    सोमवार, आषाढ ४ २०८००३:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij