काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गर्ने कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने पक्का भएको छ ।
आज ४ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने घोषणा सभामा नेता खनाल सहभागी नहुने बताइएको छ। कार्यव्यस्तताको कारणले नेता खनाल सहभागी नहुने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
समाजवादी मोर्चाप्रति खनाल सकारात्मक देखिनुभएको छैन। लक्ष्य, उद्देश्य तथा प्रधान शत्रु किटान नभइ मोर्चा घोषणाको अर्थ नहुने भन्दै उहाँले पार्टीमा समेत असन्तुष्टि राख्दै आउनुभएको थियो ।
समाजवादी मोर्चामा सहभागी हुनका लागि शुक्रबार बसेको सचिवालय बैठकमा पनि नेता खनाल सहभागी हुनु भएन। उहाँ गठबन्धनको पनि कुनै आयु नभएकाले जुनसुकै बेलामा भत्कने र अर्को बन्नसक्ने बताउँदै आउनुभएको छ ।