Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ दलहरूले सरकारी सञ्चारमाध्यम दलहरुको मुखपत्र बनाए : प्रेम सुवाल

सत्तारुढ दलहरूले सरकारी सञ्चारमाध्यम दलहरुको मुखपत्र बनाए : प्रेम सुवाल

  • सोमवार, आषाढ ४ २०८०

  • 372
    SHARES

  • सत्तारुढ दलहरूले सरकारी सञ्चारमाध्यम दलहरुको मुखपत्र बनाए  : प्रेम सुवाल

    काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरुलाई सत्तारुढ दलहरुको मुखपत्र बनाएको आरोप लगाउनु भएको छ।

    आज प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सञ्चारमन्त्री रेखा शर्माले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरु गोरखा पत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरुको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभएको छ।

    सांसद सुवालले खुमलटारस्थित रेडियो नेपालको ५० औँ रोपनी जग्गा विक्री गरेर करोडौँ कमिशन खाने काम भएको जिकीर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरुलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभएको छ।

    सांसद सुवालले विज्ञापनहरुको प्रकाशन तथा प्रशारण अनिवार्य रुपमा नेपाली भाषामा हुनुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भएको छ।


    सोमवार, आषाढ ४ २०८००१:४५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij