काठमाडौं। कम्युनिष्ट नेता वामदेव गौतम एमालेमा समाहित हुन औपचारिक प्रक्रिया सुरु गर्नुभएको छ। आज नेता गौतमले एमाले अध्यक्ष ओलीसँगै भेटेर छलफल गर्नु भएको छ। भेटमा गौतमले ओलीसमक्ष एमालेमा समाहित हुँदा अध्यक्षपछिको दोस्रो वरीयता माग्नु भएको छ।
आज एमाले पार्टी कार्यालय च्यासलमा भएको भेटवार्तामा आफू एमालेमा समाहित हुन तयार रहेको तर आफूसहित नेता कार्यकर्ताको उचित व्यवस्थापन हुनुपर्ने सर्त गौतमले राख्नुभएको छ ।
उहाँले भन्नुभयो,‘म एमालेमा समाहित हुन तयार छु। तर,एमालेमा पहिला पनि म उपाध्यक्ष थिएँ। अबपनि अध्यक्षपछि दोस्रो वरीयता हुनुपर्छ’,गौतमले ओलीसँगको कुराकानीमा सर्त अघि सार्नु भएको थियो। गौतमको सर्तमा ओली आफू सकारात्मक रहेको भन्दै त्यसबारे पार्टी बैठकमा छलफल गरेर निर्णय गर्न सकिने बताउनु भएको थियो।