Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

  • आइतवार, आषाढ ३ २०८०

  • 1.3K
    SHARES

  • सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

    काठमाडौं। नेपाल विद्यालय कर्मचारी परिषद् लगायतले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हान फिर्ता लिएका छन्।सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरुले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका थिए ।

    नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष राशिकुमार केसी ,नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले आईतबार विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि फिर्ता भएको जनाएका हुन् ।

    आईतबार काठमाडौं उपत्यका भित्रका बिद्यालयहरुमा बन्दको प्रभाव नपरेपनि बाहिरका जिल्लाहरुमा भने पठन पाठन अवरुद्ध भएको थियो । यसैबीच उनीहरुले बिज्ञप्ति जारी गर्दै बन्द र हड्ताल स्थगित गरेको जनाएका हुन् ।

    बजेटमा आफ्ना सेवा सुविधा बढाउनेबारे केही सम्बोधन नभएको भन्दै बिद्यालय कर्मचारीहरुले जेठ १५ यता आन्दोलन गर्दै आइरहेका थिए। अर्थमन्त्री डा. प्रकाशशरण महतले भने संसदमा सांसदहरुले यसबारे सोधेको प्रश्नमा सरकारको ईच्छा र चाहना हुँदा हुँदै पनि स्रोत र साधनको अभावमा बिद्यालय कर्मचारीका माग सम्बोधन गर्न नसकिएको बताउनुभएको थियो ।


    आइतवार, आषाढ ३ २०८००३:४३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij