Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

एमालेले सरकार छोडेपछि किन अर्थतन्त्र ओरालो लाग्यो? केपी ओली

एमालेले सरकार छोडेपछि किन अर्थतन्त्र ओरालो लाग्यो? केपी ओली

  • शनिवार, आषाढ २ २०८०

  • 644
    SHARES

  • एमालेले सरकार छोडेपछि किन अर्थतन्त्र ओरालो लाग्यो? केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लागेको दाबी गर्नुभएको छ। आज एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २ वर्ष अगाडि एमालेले सरकार छाड्नु परेपछि अर्थतन्त्र निरन्तर ओरालो लागेको बताउनु भएको हो ।

    गठबन्धनले देश विकासको पक्षमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो। एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेको ओलीको आरोप छ।

    यो सरकारलाई जनताप्रति कुनै मतलब नभएको भन्दै उहाँले भन्नुभयो, ’अर्थतन्त्र निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अल्मल्याएका छन्, भ्रम पारेका छन्।’ उहाँको भनाई छ ।


    शनिवार, आषाढ २ २०८००३:२४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij