Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

देउवा नफर्केसम्म कांग्रेसले बालकृष्ण खाँणको निलम्बन नगर्ने

देउवा नफर्केसम्म कांग्रेसले बालकृष्ण खाँणको निलम्बन नगर्ने

  • शनिवार, आषाढ २ २०८०

  • 643
    SHARES

  • देउवा नफर्केसम्म कांग्रेसले बालकृष्ण खाँणको निलम्बन नगर्ने

    काठमाडौं। नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा स्वदेश फर्केपछि मात्रै बालकृष्ण खाँणलाई निलम्बन गर्ने विषयमा निर्णय लिने भएको छ। सभापति देउवा यतिबेला उपचारका लागि सिंगापुरमा हुनुहुन्छ। देउवा असार ७ गते फर्केपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनु भयो।

    देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिनु भएको छ। २७ वैशाखमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई हिजो काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। सभापति देउवाले खाँण पक्राउ परेकै दिन पदाधिकारीसँग परामर्श गरेका थियो।

    खाँणलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने गरी शीर्ष नेतामा फरक फरक तर्क आएपछि देउवाले वैशाख २८ मा डाकेको वर्तमान र पूर्व पदाधिकारीको संयुक्त बैठकमा पनि उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए।

    सभापतिसहित बहुसंख्यक नेताहरुले कांग्रेसमा विगतमा पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकालाई समेत निलम्बन नगरिएको नजिर देखाएपछी कांग्रेस खाँणको निलम्बनमा मौन थियो।


    शनिवार, आषाढ २ २०८००२:३०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij