Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु

चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु

  • शनिवार, आषाढ २ २०८०

  • 733
    SHARES

  • चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु

    काठमाडौं । चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। गएराति बा १५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले पौने ११ बजे मृत घोषणा गरेको थियो ।

    राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो। प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले जानकारी दिनुभयो ।

     


    शनिवार, आषाढ २ २०८००७:१२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij