Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कांग्रेसभित्र नेतृत्वले पेलेर जाने नीति लिएसँगै मतभेद बढ्दो, नेतृत्व पुस्तान्तरण हुनेमा आशंका(खासखबर)

कांग्रेसभित्र नेतृत्वले पेलेर जाने नीति लिएसँगै मतभेद बढ्दो, नेतृत्व पुस्तान्तरण हुनेमा आशंका(खासखबर)

  • शुक्रवार, आषाढ १ २०८०

  • 718
    SHARES

  • कांग्रेसभित्र नेतृत्वले पेलेर जाने नीति लिएसँगै मतभेद बढ्दो, नेतृत्व पुस्तान्तरण हुनेमा आशंका(खासखबर)

    काठमाडौं। सत्ताको प्रमुख घटक नेपाली कांग्रेस पार्टीभित्रको आन्तरिक कलहका कारण गन्तव्य बिमुख हुँदै गएको टिप्पणी शुरु हुन थालेको छ । नौ महिनासम्म पनि केन्द्रीय समितिको बैठक नबस्दा थप अन्योलता सिर्जना हुँदै गएको छ । नेपाली कांग्रेस यो मुलुकमा विद्यामान राजनीतिक दलहरुभन्दा ठूलो र पहिलो पार्टी हो ।

    २०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभा तिर ८९ सिट प्राप्त गरेको छ भने प्रदेशसभामा १ सय ७५ सिट पाएको छ । गठबन्धन गरेर निर्वाचनमा होमिएको कांग्रेसले आफू पहिलो पार्टी बन्ने विरासत त जोगायो तर सोचेअनुरुप सिट प्राप्त गर्न सकेन जसका कारण पार्टी पंक्तिमा कांग्रेसका सभापति शेरबहादुर देउवा निकै आलोचित हुनुपरेको छ ।

    अहिलेसम्म पनि तल्लो कमिटीका नेता, कार्यकर्ताहरुले माओवादीलगायतका दलहरुसँगको तालमेललाई रुचाएका छैनन् ।पार्टीका कुनैपनि निर्णय गर्न र अन्तिम रुप दिन केन्द्रीय समिति बैठक बस्नुपर्ने भएपनि नौ महिनादेखि त्यो बस्न सकिरहेको छैन । कार्यसम्पादन समितिको बैठक बसेर निर्णयमा आलटाल गर्ने प्रवृति हाबी भएको छ ।

    कांग्रेसको १५ औँ महाधिवेशनमा युवाहरुको उपस्थिति बलियो बनाइनुपर्ने भन्दै नेताहरु आआफ्नो लबिङमा समेत जुटिसकेका छन् । त्यसले पार्टी सभापति देउवालाई भने छोएको छैन । देउवा यतिबेला आफूले चाहेअनुसारको निर्णय गर्ने र आलोचना गर्नेलाई दबाउने रणनीतिमा रहेका छन् ।

    पछिल्लो समय उपचारका क्रममा सिंगापुरमा रहेका देउवा दम्पतीमाथि पार्टी भन्दा माथि आफू हाबी भएको आरोप पनि लाग्दै आएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले सभापति शेरबहादुर देउवाविरुद्ध लाग्न आवश्यक नरहेको भन्दै बचाउ गर्नुभयो । अहिले नै देउवाले नेतृत्व नछोड्ने उहाँको दाबी छ ।

    कांग्रेसका नेता डा. शेखर कोइराला पनि १५ औँ महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुट्नुभएको छ । महामन्त्री गगन थापाको सहयोगमा आफू सभापति बन्ने उहाँको दाउ छ । कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्न रुचाउँछ । लोकतन्त्रमा अविछिन्न प्रतिस्पर्धा पनि हुन्छ ।

    तर, यदाकदा नेतृत्वले आफू विपरित जानेलाई दबाएर राखेका तथ्य पनि बाहिरिने गरेका छन् । कांग्रेसमा प्रवाभशाली मानिएका नेताहरु पनि आफ्नो स्वार्थअनुकुल बोल्दा र प्रस्तुत भइदिँदा सिंगो पार्टी पंक्तिमा चोट पुग्ने गरेको छ । जसले कांग्रेसका भातृसंगठनहरु मरणासन्न अवस्थाबाट गुज्रिरहेका छन् ।


    शुक्रवार, आषाढ १ २०८००८:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij