Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बालेन शाहलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

बालेन शाहलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

  • शुक्रवार, आषाढ १ २०८०

  • 617
    SHARES

  • बालेन शाहलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

    काठमाडौं। काठमाडौं महानगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ।

    सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पर्ने फेन्सिङ तारजाली काटेको विषयमा प्राधिकरणले मेयर बालेनसहित महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको हो।

    उनीहरुलाई चित्तबुझ्दो लिखित स्पष्टीकरण दिन सात दिनको समय दिइएको छ। यस विषयमा चित्तबुझ्दो स्पष्टीकरण नआए उनीहरुलाई उडानमा प्रतिबन्ध लगाउन सकिने बताइएको छ।

    महानगरको नगर प्रहरी टोलीले बिहीबार विमानस्थलको तारजाली काटिदिएको थियो।कुनै पूर्वजानकारी र सूचना नदिई तारजाली काट्ने महानगरको कार्य कानूनविपरीत रहेको प्राधिकरणले जनाएको छ ।


    शुक्रवार, आषाढ १ २०८००३:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij