Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

  • शुक्रवार, आषाढ १ २०८०

  • 583
    SHARES

  • प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ ।

    आज बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा कार्कीको नाम अनुमोदन गरेको हो ।

    अब कार्कीको प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलेको छ । कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस हुनु भएको थियो।

    त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उहाँ को सुनुवाइ सुरू भएको थियो। बिहीबार कार्कीले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गर्नु भएको थियो ।

    उहाँले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताउनु भएको थियो । आफूले गोला प्रथा लागू गरेपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको प्रधानन्यायाधीश कार्कीको दाबी थियो ।

     


    शुक्रवार, आषाढ १ २०८०११:१२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij