Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आन्दोलनरत विद्यालय कर्मचारी परिषद्का अध्यक्षसहित ३ जना पक्राउ

आन्दोलनरत विद्यालय कर्मचारी परिषद्का अध्यक्षसहित ३ जना पक्राउ

  • बिहिवार, जेठ ३२ २०८०

  • 476
    SHARES

  • आन्दोलनरत विद्यालय कर्मचारी परिषद्का अध्यक्षसहित ३ जना पक्राउ
    काठमाडौं । सेवा सुरक्षा ग्यारेन्टीको मागसहित आन्दोलन गर्दै आएका नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ, जुम्लाका धन बहादुर महत लगायतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । 
     
    भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बस्न खोजेपछि प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो । त्यही क्रममा सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
     
    आन्दोलनकारीहरूले पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । आन्दोलनकारीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै उनीहरूले निसर्त रिहा गर्न माग गरेका हुन् ।  परिषद्का महासचिव शान्तिनाथ योगीले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको बताउनुभयो । गिरफ्तार गरेकाहरूलाई तत्काल रिहा र माग सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने उहाँको चेतावनी छ ।  ३५ हजार भन्दा बढीको संख्यामा रहेको लेखापाल र कार्यालय सहयोगीहरूले लामो समयदेखि सेवा सुरक्षा ग्यारेन्टीको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।


    बिहिवार, जेठ ३२ २०८००४:२०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij