Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

  • बिहिवार, जेठ ३२ २०८०

  • 537
    SHARES

  • नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

    काठमाडौं । सरकारले मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    सचिवहरु मध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताउनुभयो ।

    उहाँले मन्त्रीपरिषदको बैठकले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको बताउनुभयो ।

    ३ महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।


    बिहिवार, जेठ ३२ २०८०१२:४६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij