Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि आज छलफल हुँदै

कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि आज छलफल हुँदै

  • बिहिवार, जेठ ३२ २०८०

  • 229
    SHARES

  • कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि आज छलफल हुँदै

    काठमाडौं । संसदीय सुनुवाई समितिमा आज हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि छलफल हुँदैछ ।

    समितिले कार्कीलाई बिहान समितिमा बोलाएको छ । समितिमा बुधबार उजुरीकर्ताहरुसँग सामान्य छलफल गरेको थियो । कार्कीविरुद्ध समितिमा २९ वटा उजुरी परेकोमा उजुरीकर्ताहरुसँग करिब २० मिनेट सामान्य छलफल गरिएको थियो । तर, उजुरीको विषयमा छलफल हुन सकेन ।

    त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको थियो । गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन ।

    तात्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

    हाल कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा हुनुहुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रधानन्यायाधीश कार्की


    बिहिवार, जेठ ३२ २०८००८:२५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij