Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

नेविसंघका १२ जना विद्यार्थी नेता पक्राउ

नेविसंघका १२ जना विद्यार्थी नेता पक्राउ

  • बुधवार, जेठ ३१ २०८०

  • 927
    SHARES

  • नेविसंघका १२ जना विद्यार्थी नेता पक्राउ

    काठमाडौं। उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

    बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न कम्‍याम्सका नेविसंघ आवद्ध विद्यार्थीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगन राज गजुरेल, सुदिप शाह, मन्दिप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, गणेश सार्की, रबिन कार्कीलगायत छन् ।

    पक्राउ परेका उनीहरुलाई वानेश्वर प्रहरी वृतमा राखिएको छ ।

     


    बुधवार, जेठ ३१ २०८००५:४०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij