Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपाल ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा सहभागी हुने

नेपाल ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा सहभागी हुने

  • बुधवार, जेठ ३१ २०८०

  • 629
    SHARES

  • नेपाल ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा सहभागी हुने

    काठमाडौं। साउदी अरबको पवित्र शहर मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ।आज मुस्लिम आयोगले सो प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो।

    नेपाल सरकार परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो ।परराष्ट्र मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एक जना छनौटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ ।

    आयोगले नेपाल सरकारमा रजिष्ट्रर भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो ।त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरुमध्येबाट उत्कृष्ट एक जनाको छनौट गरी सो प्रतियोगितामा सहभागी गराउन लागिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताउनुभयो ।

    सो अन्तर्राष्ट्रिय प्रतियोगिता अगष्ट २५ देखि सेप्टेम्बर ६ अर्थात् नेपाली समय आगामी भदौं ८ गतेदेखि २० गतेसम्म हुने छ ।प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट एक/एक जना प्रतियोगी सहभागी हुने छन ।

    त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगदसहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ ।


    बुधवार, जेठ ३१ २०८००४:३६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij