काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागि भोली बोलाएको छ ।समितिले कार्कीलाई भोलि बिहान ८ बजे का लागी बोलाएको हो ।
आज कार्कीमाथिको सुनुवाइ जारी रहँदा लफडा भएको छ। सुनुवाइ समितिले आह्वान गरेअनुसार कार्कीलाई प्रधानन्यायाधीश नबनाउन भन्दै उजुरी दिएकाहरूलाई छलफलका लागि बोलाएको थियो ।
आज उजुरीकर्ताहरूले समितिमा सामूहिक रूपमा बस्न पाउनुपर्ने बताएपछि सुरु भएको लफडा उनीहरू समिति बैठकमा बसेपछि पनि जारी रह्यो । समिति नै अवैध रहेको उजुरीकर्ताहरूको आरोप छ ।उनीहरूले बैठकमा छलफलको मोडालिटी बनाऊँ भन्दा नमानेको र बाहिर निकालेको बताएका छन् ।