Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

जर्मनले माग्यो नेपाली कामदार, यस्ता छन् सेवा सुविधाहरु..

जर्मनले माग्यो नेपाली कामदार, यस्ता छन् सेवा सुविधाहरु..

  • बुधवार, जेठ ३१ २०८०

  • 5.9K
    SHARES

  • जर्मनले माग्यो नेपाली कामदार, यस्ता छन् सेवा सुविधाहरु..

    काठमाडौं। जर्मनले नेपाली कामदार माग गरेको छ।जर्मनका विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो। जर्मनको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ।

    जर्मनसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो। सम्झौताको ड्राफ्ट तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ।

    मन्त्रिपरिषदबाट पारित भएसँगै दुवै देशबीच सम्झौता हुनेछ र नेपाली कामदार लैजाने बाटो खुल्नेछ। श्रम मन्त्रालयका सह–सचिव राजिव पोखरेलले जर्मनको डिमाण्ड अनुसार नेपाली श्रमिक पठाउन खोजिएको जानकारी दिनुभएको छ।

    जर्मनले केही महिना अगाडि नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा आवश्यक छलफल गर्दै सम्झौताको लागि दुवै देशका अधिकारीहरूबीच ड्राफ्ट तयार पारिएको थियो।

    उक्त ड्राफ्ट कानुन र परराष्ट्र मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश हुने प्रक्रियामा रहेको उहाँले बताउनु भयो। जर्मनले नेपालबाट सामान्य कामदार लैजाने र उतै काम पनि सिकाउने र जागिर पनि दिनेछ ।

    प्रविधि र अर्थतन्त्रको हिसाबले अग्रपङ्क्तिमा रहेको जर्मनीसँग सम्झौता गर्ने विषयमा नेपाली अधिकारीहरू उत्साहित देखिएका छन्। जर्मनले लैजाने नेपाली कामदारहरूलाई जर्मन कामदार सरह तलब तथा सेवा–सुविधा उपलब्ध गराउनेछ।

     


    बुधवार, जेठ ३१ २०८००३:४८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij