Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पोखरेल पक्राउ

कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पोखरेल पक्राउ

  • बुधवार, जेठ ३१ २०८०

  • 652
    SHARES

  • कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पोखरेल पक्राउ
    काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।
     
    उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताउनुभयो ।
     
    पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवासमै पुगेर कालोमोसो दलेका थिए । पोखरेलले कालोमोसो दलेको घटनाको जिम्मा लिएका थिए । कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी ढकालले बताउनुभयो।
     
    विश्वविद्यालय सेवा आयोगको कार्यालयले कालोमोसो दलेको घटनामा पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो ।


    बुधवार, जेठ ३१ २०८००२:१५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij