काठमाडौं । यूरोप भ्रमणमा रहनुभएका पूर्व परराष्ट्रमन्त्री एवम् संघीय सांसद डा. नारायण खड्का र पोल्याण्डका पूर्व राष्ट्रपति लेख वालेसाकाबीच भेटवार्ता भएको छ ।
भेटमा पूर्व राष्ट्रपति वालेसाले आफै क्रान्ति अथवा परिवर्तनको पक्षपाती भएको बताउनुभएको थियो। उहाँले अहिले विश्व घटनाक्रमको यही पाराले विश्वले भोगेका समस्याको समाधान हुन् नसक्ने बताउनुभयो । युक्रेनमाथि रूसको हमलाले विश्व अहिले असुरक्षित रहेको बताउँदै उहाँले भने शान्ति,लोकत्रन्त्र र सम्वृद्धिका लागि यसले ठूलो चुनौती थपेको छ।
त्यस्तै अहिले केहीले भने जस्तो समाजवादले पनि समानता र न्याय दिन नसक्ने हो भने पूँजीवादले पनि आशातित अपेक्षाहरू पुरा गर्न असमर्थ हुँदा प्रजातन्त्रवादी देशहरुमा धार्मिक कट्टरपन्थी तथा दक्षिणपन्थीहरु हावी हुँदै गएकोले थप समस्या आएको चर्चा गर्नुभयो । उक्त भेटमा नेपाल र पोल्याण्डको सम्बन्धका विविध पक्षहरुमा समेत छलफल भएको कुरा डा. खड्काले बताउनुभयो । खड्काले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभयो ।
निमन्त्रणा स्वीकार गर्दै आफ्नो नेपाल आउने इच्छा पनि रहेकाले चाडै नेपाल आउन सक्ने बताउनुभयो। सन् १९८० को दशकमा पोल्याण्डमा रहेको एक दलीय अधिनायकवादी व्यवस्था विरुद्वको चर्चित मजदुर आन्दोलनको नेतृत्व नोवेल पुरस्कार विजेता लेख वालेसाले गर्नुभएको थियो।