Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

  • बुधवार, जेठ ३१ २०८०

  • 356
    SHARES

  • राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै हुनुहुन्छ । मुटुमा समस्या देखा परेपछि हिजो शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लाग्नुभएको हो ।

    अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुग्नुभएका उहाँलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म निगरानीमा राखिएको थियो ।

    स्वास्थ्य सामान्य भएकोले आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।


    बुधवार, जेठ ३१ २०८००८:४५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij