Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बजेट पारित हुनुको पूर्वसन्ध्यामा सत्तागठबन्धनका दलहरुबीच रस्साकस्सी, जनमत पार्टी मन्त्रीको दौडमा (खासखबर)

बजेट पारित हुनुको पूर्वसन्ध्यामा सत्तागठबन्धनका दलहरुबीच रस्साकस्सी, जनमत पार्टी मन्त्रीको दौडमा (खासखबर)

  • मंगलवार, जेठ ३० २०८०

  • 539
    SHARES

  • बजेट पारित हुनुको पूर्वसन्ध्यामा सत्तागठबन्धनका दलहरुबीच रस्साकस्सी, जनमत पार्टी मन्त्रीको दौडमा (खासखबर)

    काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने पूर्वसन्ध्यामा सत्तासमीकरणमा हलचल आएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएका जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले पूर्वसहमति अनुसार सरकारमा सहभागी हुने विषयलाई उचाल्दा बजेट पारितको मुखैमा केही उल्झन देखिने खतरा बढ्दै गएको छ ।

    जसपाले सरकारबाट बाहिरिने संकेत गरिरहेको छ भने जनमतले मन्त्री बन्न हतार गरिरहेको छ । सरकार ढाल्ने वा असफल बनाउने पक्षमा जसपा नरहेको बताउँदै नेता राजकीशोर यादवले सरकारका आफ्नै क्रियाकलापका कारण दुर्घटनामा जाने खतरा रहेको बताउनुभयो ।

    सरकारलाई समर्थन दिएको अर्को दल जनमत पार्टीले मन्त्री बन्न दौडधुप बढाएसँगै प्रधानमन्त्री प्रचण्डलाई अर्को सकस आइलागेको छ । पछिल्लो समय आफ्नो कार्यशैलीका कारण चर्चामा आएका पर्यटन मन्त्री सुदन किराँतीलाई बाहिर पठाएर जनमतका अब्दुल खानलाई मन्त्री बनाउने योजनामा प्रचण्ड रहेको स्रोत बताउँछ । खानले पनि पूर्व सहमति अनुसार प्रधानमन्त्रीले व्यवस्थापन गर्ने आशा व्यक्त गर्नुभएको छ ।

    कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले गठबन्धनभित्र देखिएका समस्यालाई सहमतिका आधारमा व्यवस्थापन गर्दै जानुपर्ने बताउनुभयो । उहाँले अर्को प्रशंगमा कांग्रेसभित्र देखिएका असन्तुष्टि बाहिर व्यक्त गर्दै जानु पार्टी हित विपरित रहेको जिकिर गर्नुभयो ।

    नेपाली कांग्रेसकै नेता एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्य भने गठबन्धनभित्र कुनै पनि किसिमको मतभेद नरहेको दाबी गर्नुहुन्छ । आपसी समझादारीका आधारमा समाधान खोज्दै अगाडि बढेको उहाँको अनुभव छ ।

    गठबन्धनमा सहमति जुटाउन र बजेट पारितका लागि ऐक्यवद्धता निर्माण गर्न आज बिहान प्रधानमन्त्री प्रचण्डले बैठक आह्वान गर्नुभएको थियो । सो बैठकले सत्ता सहकार्य गर्दै बजेटलाई पारित गर्ने सहमति जुटाएको भनिएको छ । यता, सत्तापक्षकै कतिपय सांसद र प्रतिपक्ष बजेटविरुद्ध खनिएका छन् । बजेट प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीकै क्षेत्रमा बढी रहेको सांसदहरुको आरोप छ ।

     


    मंगलवार, जेठ ३० २०८००७:३१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij