Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मुक्ति समाजको विवाद सतहमा, च्यातियो माईन्युट 

मुक्ति समाजको विवाद सतहमा, च्यातियो माईन्युट 

  • सोमवार, जेठ २९ २०८०

  • 418
    SHARES

  • मुक्ति समाजको विवाद सतहमा, च्यातियो माईन्युट 
    काठमाडौं । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय विवाद अब प्रदेश तिर पनि देखा पर्न थालेको छ । हिजो राजधानी को कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित प्रथम बागमती प्रदेश सम्मेलन मा नेतृत्व ले आफू खुसी प्रतिनिधि को भावना विपरीत एकतर्फी ढंगले कमिटी घोषणा गरे पछि विवाद भएको हो । 
     
    मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर वि। पौडेल को प्रमुख आतिथ्य र नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र का इन्चार्ज भानुभक्त ढकालको विशेष आतिथ्यमा सम्मेलन संचालन भएको थियो । 
     
    केन्द्रीय अध्यक्ष मनोहर वि। पौडेल ले बन्दसत्र को म्यान्डेट विपरीत , अलोकतान्त्रिक तथा जनताको बहुदलीय जनवाद को खिलाफ आफू खुसी आफ्ना निकटका मान्छे लाई राखेर नाम लिस्ट घोषणा गर्न लागे पछि माईन्युट च्यातिएको अध्यक्षका प्रत्याशी रमेशमान सुनार ले बताउनुभयो । 
     
    केन्द्रीय कमिटीमा के के गर्नु हुन्छ गर्नुस् तर बागमती प्रदेशमा सार्वभौम प्रतिनिधि लाई  आफ्नो विवेक को प्रयोग गर्न दिनुस् भन्दा जबरजस्ती केन्द्रीय कमिटी ले नाम पढ्न लागे पछि प्रतिकार गरिएको रमेशमान सुनार ले भन्नुभयो । 
     
    अध्यक्षका अर्का प्रत्याशी नुवाकोटका नारायण दुलालले नेतृत्वमा अंहकारी र दम्भ देखिएको बताउनुभयो । संगठनमा कुनै योगदान नै नभएको , चाकडी र चाप्लुसीका आधार मा मनोमानी ढंगले व्यक्ति छनोट गरिएकोले उपाध्यक्ष पद बहिष्कार गरेको उहाँले भन्नुभयो। नेतृत्व नसच्चिए फरक ढंगले जान सकिने दुलालले चेतावनी दिनुभयो। 
     
    त्यस्तै असन्तुष्ट हुनेहरूमा मकवानपुर का गोविन्द विक , धादिङ का कुमार विश्वकर्मा र  सिन्धुलीका डम्बर विक पनि रहेका छन्। मुक्ति समाज धादिङ जिल्ला कमिटीले अध्यक्ष मण्डल को ज्यादती स्वीकार्य नहुने बताएको छ । 
     
    मुक्ति समाजको केन्द्रीय कमिटीमा हरि नेपाली , राजेश नेपाली , दिनेश अच्छामी , रामलाल राजवंशी विके , विष्णु कुमार विके , सुनिता रामदाम , राजेन्द्र विश्वकर्मा , कल्पना सुनार लगायत ५० भन्दा बढी सदस्य ले नेपालको दलित आन्दोलन लाई नयाँ वैचारिकी  सहित अगाडी बढाउनु पर्ने , पार्टीमा मुक्ति समाजले उठाएको मुद्दा समेट्नु पर्ने , नेतृत्व को मनोमानी सच्चिनु पर्ने माग गर्दै फरक मतका साथ आफ्नो विरोध जनाइरहेका छन् ।


    सोमवार, जेठ २९ २०८०११:३७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij