काठमाडौं । अर्थ समितिको बैठक सोमबार(आज) बस्दै छ । बैठक आज बिहान १० बजेबाट सिंहदरबारमा सुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै, आज नै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । बैठक आज ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।
आजको बैठकमा एकीकृत निर्वाचन कानुन तर्जुमा सम्बन्धमा, जिल्ला निर्वाचन कार्यालय खारेजीको सम्बन्धमा आयोगको धारणाका विषयमा र निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारको विषयमा छलफल हुनेछ ।