Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पार्टी जनतासँग टाढियो : शेखर कोइराला

पार्टी जनतासँग टाढियो : शेखर कोइराला

  • शुक्रवार, जेठ २६ २०८०

  • 439
    SHARES

  • पार्टी जनतासँग टाढियो : शेखर कोइराला

    चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जनतासँग टाढिएका स्वीकार गर्नुभएको छ ।

    जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै नेता शेखरले टाढिँदै जानु दुःखद भएको बताउनुभयो।
    ‘जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउदै जाने छौँ,’ शेखरले भन्नुभयो।

    डेमोक्रेटिक लयर्श एसोसिएशनको एघारौं महाधिवेशनको उदघाटन सत्रमा बोल्ने क्रममा राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको कोइरालाले बताउनुभयो।

    सभापतिसहित शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा कोइरालाले भने, ‘किन र के कारणले यस्तो अवस्था आयो ? म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।’ पार्टी नेताहरु सुध्रिन तयार रहेको र पार्टी सुधार्ने प्रतिवद्धता कोइरालले गर्नुभयो।

    संवैधानिक निकायहरुको क्षयीकरण भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। गणतन्त्र दिवसको दिनमा आममाफी दिने निणर्य प्रति कोइरालाले असन्तुष्टि व्यक्त गर्नुभयो । कोही नेता, जनता तथा पार्टी कार्यकर्ताले आफ्नो विवेक र स्वतन्त्रता कुनै नेताको चरणमा अर्पित नगर्न उहाँले गर्नुभयो


    शुक्रवार, जेठ २६ २०८००५:५५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij