Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बजेटबारे ओलीको अभिव्यक्ति प्रतिशोधपूर्ण : जनार्दन शर्मा

बजेटबारे ओलीको अभिव्यक्ति प्रतिशोधपूर्ण : जनार्दन शर्मा

  • शुक्रवार, जेठ २६ २०८०

  • 366
    SHARES

  • बजेटबारे ओलीको अभिव्यक्ति प्रतिशोधपूर्ण  : जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताउनु भएको छ ।

    अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई शुन्य मार्क दिनु भएको उल्लेख गर्दै उपमहासचिव शर्माले उहाँको सो मूल्यांकन सत्ताबाट विमुख हुनुपर्दाको पूवाग्रह र प्रतिशोधबाट प्रेरित रहेको प्रतिक्रिया दिनु भएको हो ।

    आज जारी प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम बस्तुनिष्ट हुनै नसक्ने बताउनु भयो। उपमहासचिव शर्माले आगामी १० वर्षको बजेटको बस्तुनिष्ट समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्ताव समेत गर्नु भयो।

    यसरी बनेको उच्चस्तरीय आयोगले बजेटको सही मूल्यांकन गर्न सक्ने र मुलुकमा विद्यमान आर्थिक संकट समाधान गर्न सकिने उहाँको तर्क थियो ।

    उपमहासचिव शर्माले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय क्षेत्रका स्वतन्त्र पहिचान भएका विज्ञहरुको पनि सहयोग लिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।


    शुक्रवार, जेठ २६ २०८००३:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij