Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अराजक गतिविधिलाई छुट छैन : गृहमन्त्री श्रेष्ठ

अराजक गतिविधिलाई छुट छैन : गृहमन्त्री श्रेष्ठ

  • शुक्रवार, जेठ २६ २०८०

  • 388
    SHARES

  • अराजक गतिविधिलाई छुट छैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताउनु भएको छ।

    आज जारी प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)ले कोशी प्रदेशमा आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर आक्रमणको प्रयास भईरहेको बताएपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता खालका गतिविधिलाई छुट दिन नसकिने स्पष्टिकरण दिनु भएको हो ।

    उहाँले शान्तिपूर्ण बाटोबाट विरोध प्रर्दशन गर्न पाईने हुनाले सरकारले कुनै पनि खालको अराजक गतिविधिलाई सहन गर्न नसक्ने पनि स्मरण गराउनु भयो।

    उपप्रधानमन्त्री श्रेष्ठले कोशी प्रदेशको नामाकरण गर्ने प्रदेशसभाको निर्णय कार्यान्वयनका लागि लाग्न र त्यहाँ उत्पन्न अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि संवाद र सहजीकरण गरिदिन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो।

    उहाँले संविधान र कानुनलाई मिच्ने काम सरकारले गर्न नदिने पटकपटक दोहो¥याउनु भयो। उपप्रधानमन्त्री श्रेष्ठले संघीयता, लोकतन्त्रमाथि प्रहार हुन नदिन सरकार बचनवद्ध रहेको समेत बताउनु भयो ।


    शुक्रवार, जेठ २६ २०८००३:४०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij