Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विद्युतीय सवारीको भन्सार निःशुल्क गरौं : अध्यक्ष लिङ्देन

विद्युतीय सवारीको भन्सार निःशुल्क गरौं : अध्यक्ष लिङ्देन

  • बिहिवार, जेठ २५ २०८०

  • 304
    SHARES

  • विद्युतीय सवारीको भन्सार निःशुल्क गरौं : अध्यक्ष लिङ्देन

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ ।आज जारी प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले विद्युतिय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो।

    अध्यक्ष लिङ्देनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताउनुभयो। उहाँले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गर्नुभयो। उहाँले करको दर र दायरा जथाभावी रुपमा बढाउने काम गरिएको बताउनुभयो।

    अध्यक्ष लिङ्देनले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगत देखिका प्रधानमन्त्रीहरुले खालि भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको बताउनुभयो।

    अध्यक्ष लिङ्देनले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पार्नुभयो। तर, विदेशीले नागरिकता लिएको विषयमा भने छानविन हुनुपर्ने उहाँको भनाइ छ ।उहाँले कपास विकास समिति र दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति विरोध जनाउनुभयो ।


    बिहिवार, जेठ २५ २०८००२:५०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij