काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतितथा सांसद रवि लामिछानेले आर्थिक बर्ष २०८०/०८१ को बजेटमा अर्थमन्त्रीले करका दर हचुवाका आधारमा राखेको आरोप लगाउनु भएको छ। साथै उक्त कुरा स्पष्ट पार्न अर्थमन्त्रीसमक्ष लामिछानेले ६ वटा प्रश्न अघि सार्नु भएको हो ।
सरकारले प्रस्तुत गरेको २०८०/०८१ को बजेटमाथि जारी छलफलअन्तर्गत प्रतिनिधि सभाको बिहिबारको बैठकमा लामिछानेले उक्त सन्देह प्रकट गर्नुभएको हो ।
यस्ता छन् रविका ६ प्रश्नः
१.कर र गैरकरलाई प्रभाव पार्ने क्षेत्र फरक हुन्छन् भने एउटै दरमा वृद्धि कसरी सम्भव हुन्छ?
२. कुल राजस्व र कर वृद्धिको दर एउटै कसरी हुन्छ?
३. कुल राजस्व र गैर करको वृद्धि एउटै कसरी हुन्छ?
४. कर र गैर कर, जसको आधार र प्रकृति बिल्कुल भिन्न हुन्छ। यिनको वृद्धिदर कसरी एउटै हुन्छ?
५. करका विभिन्न स्रोतहरुको वृद्धिदर एउटै कसरी हुन्छ?
६. राजस्वका ९० शीर्षकमध्ये ६८ वटा शीर्षकहरुबाट प्राप्त हुने राजस्वको वृद्धिदर एउटै कसरी हुन्छ?
आफूले सोधेका प्रश्नहरु स्पष्ट पार्न नसके बजेटमाथिको छलफलको औचित्य नरहेको उहाँको तर्क छ।
‘हचुवाको भरमा प्रक्षेपित राजस्वको आधारमा खर्च गर्न बजेटमा प्रस्ताव गरिएका विभिन्न कार्यक्रमहरुको बारेमा छलफल टिकाटिप्पणी गर्नुको कुनै औचित्य छ कि छैन?,’ लामिछानेले प्रश्न गर्दै भने।