काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बजेटमाथिको छलफल जारी रहने कार्यसूची रहेको छ। आज बिहीबार बिहान ११ बजे शुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ।
छलफलमा सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। बुधबारको बैठकमा पिन बोल्न नपाएका सांसदले बिहीबार धारणा राख्नेछन्। प्रतिपक्षका साथै सत्तारुढ दलका सांसदले पनि बजेटको आलोचना गरिरहेका छन्।