Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बामदेव गौतम एमालेमै फर्किने, यस्तो छ प्रस्ताव...

बामदेव गौतम एमालेमै फर्किने, यस्तो छ प्रस्ताव...

  • बुधवार, जेठ २४ २०८०

  • 2.1K
    SHARES

  • बामदेव गौतम एमालेमै फर्किने, यस्तो छ प्रस्ताव...

    काठमाडौं। वामपन्थी नेता तथा राष्ट्रियसभाका सदस्य वामदेव गौतम नेकपा एमालेमा फर्किन तयार हुनु भएको छ। राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा आज नेता गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किन तयार रहेको र सोही सम्भावना बढेको बताउनु भएको हो।

    नेता गौतमले एमालेले हिजो मात्रै ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेकोमा संकेत गर्दै ७० वर्षे उमेर हद निलम्बन भइरहे फर्किन तयार रहेको बताउनु भयो।

    उहाँले भन्नुभयो,‘उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौँ,म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु, उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नुभयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’

    उमेर हदका आधारमा कसैलाई विभेद गर्न नमिल्ने भन्दै उहाँले ७० वर्षे हट्नै पर्ने आफ्नो प्रस्ताव नै रहेको बताउनुभयो। उहाँले आफूसँग एमालेमा नरहेपनि सदस्या भने यथावत रहेको दावी गर्नुभयो।

    उहाँले भन्नुभयो,‘मेरो सदस्यता अझै पनि त्यहीँ छ,अझै पनि त्यसको माया छ,मैले बनाएको पार्टी पूर्ण कम्युनिष्ट भइसकेको छैन। मलाई एमालेबाट हटाइसकेको छैन।मेरो सदस्यता अझै पनि एमालेमै छ।पोहोरसम्मको सदस्यता शुल्क तिरिसकेको छु ।’ उहाँले यो वर्ष पनि सदस्यता नवीकरणका लागि श्रीमतीलाई पठाउने जानकारी समेत दिनुभयो।


    बुधवार, जेठ २४ २०८००४:५९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij