काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताउनु भएको छ ।
आज राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भिरता पूर्वक कुरा उठाएको स्पष्टिकरण दिनु भएको हो ।
प्रधानमन्त्री दाहालले मिडियामा सो बारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्शा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताउनुभयो । उहाँले सो विषयमा भारतसँग अझ बढि अध्ययन र छलफल गर्ने आश्वासन समेत दिनु भयो ।
प्रधानमन्त्री दाहालले भारतको नयाँ संसदमा राखिएको नक्शा सांस्कृतिक नक्शा भएको कुरा पनि भारतीय पक्षले राखेको बताउनुभयो।