काठमाडौं । आज बस्ने तय भएको राष्ट्रिय सभाको बैठक भोलि लागि सरेको छ ।
बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ बजेर ११ मिनेटमा बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।
साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची थियो ।