Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मधेस प्रदेशले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

मधेस प्रदेशले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

  • मंगलवार, जेठ २३ २०८०

  • 210
    SHARES

  • मधेस प्रदेशले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    काठमाडौं । मधेस प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ ।  प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो विषयमा प्रदेशसभालाई हिजो पत्र पठाएको थियो । उक्त पत्र संसद्मा सभामुख रामचन्द्र मण्डलले पढेर सुनाउनुभएको थियो । वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने भएकाले सबै सांसदलाई अनिवार्य उपस्थितको लागि प्रदेशसभाले आग्रह गरेको छ ।

    प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादवले उत्पादनमुल क्षेत्रमा केन्द्रित भएर नीति तथा कार्यक्रम तयार पारिएको बताउनुभयो । आयोग र अनुत्पादक क्षेत्रको आयोजनामा कटौति गरिएको उनले जानकारी दिनुभयो ।

    सरकारले पहिलो प्राथमिकतामा कृषिलाई राखेको उहाँको भनाइ छ । कृषिमा विद्युतीकरण र आत्मनिर्भर बनाउने शिपको दीर्घकालीन योजनाहरु समावेश गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कात्तिकमा मधेस प्रदेश सरकारले लगानी सम्मेलन गर्नेछ । उक्त सम्मेलनमा एक सय योजना सार्वजनिक गर्ने दिशामा प्रदेश सरकार अगाडि बढिरहेको उनले बताउनुभयो । त्यसको दशवटा योजना तयार भइसकेको छ ।

    प्रदेश सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न उक्त सम्मेलनभन्दा अगाडि भूमि व्यवस्था र गुठी सम्बन्धी ऐन बनाउने उनले घोषणा गर्नुभयो ।


    मंगलवार, जेठ २३ २०८००९:०५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij