Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन,भ्रमण फलदायी रहेको जिकिर,नागरिकताका विषयमा भने झोक्किए प्रचण्ड (खासखबर)

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन,भ्रमण फलदायी रहेको जिकिर,नागरिकताका विषयमा भने झोक्किए प्रचण्ड (खासखबर)

  • सोमवार, जेठ २२ २०८०

  • 534
    SHARES

  • संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन,भ्रमण फलदायी रहेको जिकिर,नागरिकताका विषयमा भने झोक्किए प्रचण्ड (खासखबर)

    काठमाडौं। चारदिने भारत भ्रमणबाट स्वदेश फर्किनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सांसदहरुको सवालमा जवाफ फर्काउनुभएको छ।भारत भ्रमण निकै उपलब्धिमूलक भएको बताएका प्रधानमन्त्री प्रचण्डलाई प्रतिपक्षी दल र सत्ता पक्षकै सांसदहरुले काउन्टर गरेका थिए।भारत गएर उठाउनुपर्ने महत्वपूर्ण विषयहरुमा प्रधानमन्त्री पछि सरेको भन्दै सांसदहरुले आलोचना गरेका छन्।

    भारतको लोकसभामा टाँसिएको अखण्ड भारत नामको नक्साको विषय,नेपाल–भारत प्रवुद्ध समूहको प्रतिवेदनको विषय छलफलका क्रममा नउठेको भन्दै अधिकांश सांसदहरुले आपत्ति जनाएका थिए। भ्रमण दलमै रहेका परराष्ट्रमन्त्री एनपी साउँदले भारतीय मिडियामा अखण्ड भारतको नक्साबारे नेपालमा थाहै नभएको अभिव्यक्ति दिएकोप्रति रास्वपाका सांसद असिम शाहले राजनीनामा माग गर्नुभएको छ।

    भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले बंगलादेशमा विद्युत निर्यातका लागि ट्रान्समिसन लाइन आवश्यक पर्ने भन्दै लिपुलेक,कालापानी,लिम्पियाधुराको जमिनलाई सट्टापट्टा गर्ने वाक्य बोेलेको प्रति प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित भएको छ। एमालेका सांसद योगेश भट्टराई र गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले भूमि सट्टापट्टाको विषय नबोलेको भनी संसदलाई ढाँटेको भन्दै प्रमाण पेश गर्ने चुनौति दिनुभयो।

    प्रधानमन्त्री प्रचण्डले जवाफ फर्काउँदै नेपालको सीमा समस्याका बारेमा भारतीय समकक्षी नरेन्द्र मोदीले छलफलका माध्यमबाट सहमति खोज्दै जाने विषय उठाएको संसदमा जानकारी दिनुभयो। उहाँले बंगलादेशको जमिनसँग नेपालको कुनैपनि भूभाग साट्ने कुरा आफूले नगरेको र लिपुलेक,कालापानी,लिम्पियाधुरा नेपालकै रहेकोमा जोड दिनुभयो।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा उठेको नागरिकता विधेयक प्रमाणिकरणबारे आफ्नो राय प्रस्तुत गर्नुभएको थियो।तत्कालीन संसदबाट प्रमाणिकरणका लागि पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नु कानून सम्मत रहेको शर्माको धारणा छ।शर्मा बोल्ने बित्तिकै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले तत्कालीन राष्ट्रपतिले मात्रै प्रमाणिकरण गर्ने अधिकार रहेको बताउँदै मन्त्रिपरिषद्को सिफारिसमा विधेयक प्रमाकिणकरण गर्नु दुखद रहेको बताउनुभयो।

    आजको संसदमा प्रधानमन्त्रीको भारत भ्रमणमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको आवाज उठेको छ। भ्रमणकै क्रममा प्रोटोकल समेत नभएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको आलोचना गर्नुभएको छ।भ्रमणका क्रममा परराष्ट्रमन्त्री,सचिव बस्ने ठाउँमा आफ्नो छोरीलाई राखेको भन्दै ओलीको आलोचना थियो। धेरै विषयबाट पाठ सिक्दै प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भएका सात सम्झौता कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता हो।


    सोमवार, जेठ २२ २०८००८:०१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij