Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको भारत भ्रमण : १५ वटा राँगा ल्याउनुमात्रै उपलब्धि

प्रचण्डको भारत भ्रमण : १५ वटा राँगा ल्याउनुमात्रै उपलब्धि

  • सोमवार, जेठ २२ २०८०

  • 448
    SHARES

  • प्रचण्डको भारत भ्रमण : १५ वटा राँगा ल्याउनुमात्रै उपलब्धि

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धि भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताउनुभएको छ ।

    सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धि हासिल नभएको दाबी गर्नुभयो।

    ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’

    प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताउनुभयो । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीको जिकिर थियो ।

    प्रधानमन्त्रीले भारतबाट के के ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नभएको ओलीले बताउनुभयो।


    सोमवार, जेठ २२ २०८००४:५३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij