काठमाडौं। नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धेरै झ्वाँक नचलाउन चेतावनी दिनुभएको छ।आज जारी प्रतिनिधिसभाको बैठकमा एमालेका सचिव समेत रहनु भएका सांसद भट्टराईले नागरिकता विधेयकको कन्टेन्टमा बहस गर्न प्रधानमन्त्रीलाइृ चुनौति दिनुभएको हो ।
उहाँले प्रधानमन्त्रीलाई आफूहरू नागरिकता विधेयकको कन्टेन्टमा बहस गर्न तयार रहेकोले झ्वाँक नचलाएर बहस आउन चुनौती दिँदै उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाउनुभयो। यसरी झ्वाँक देखाउने छुट तपाईंलाई छैन। नागरिकता विधेयक प्रक्रियागत हिसाबले हामीले प्रश्न उठाएका हौं। कन्टेन्टमा छलफल गर्न हामी तयार छौं।’
भूमि साटफेरको विषयमा आफैंले बोलेको कुरालाई नढाँट्न पनि उहाँले चुनौती दिनुभयो ।