काठमाडौं। नेकपा(एमाले)का सांसद सूर्य थापाले प्रधानमन्त्रीको भनाइप्रति खेद प्रकट गर्नु भएको छ।संसद्मा विचाराधीन विधेयक संसद्सँगै निष्क्रिय भए पनि प्रधानमन्त्रीले ढाँटेको भन्दै उहाँले खेद प्रकट गर्नु भएको हो।
सांसद थापाले प्रधानमन्त्रीले विधेयक संसद्मा विचाराधीन नभएर राष्ट्रपतिको पुगिसकेको बताएपनि नियमावलीको दफा कोट गरेर विचाराधीन भन्नुभएको थियो।उहाँले प्रधानमन्त्रीप्रति खेद प्रकट गरेका विषयमा सभामुखले कुनै प्रतिक्रिया जनाउनु भएन।