Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाइने

असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाइने

  • सोमवार, जेठ २२ २०८०

  • 358
    SHARES

  • असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाइने

    काठमाडौं। शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ।

    मन्त्रालयले सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।

    राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गतेको दिन मनाउन थालिएको हो। त्यसयता विभिन्न आधारमा फरक फरक मितिमा २०७६ सालसम्म मनाइएको राष्ट्रिय शिक्षा दिवस २०७७ सालदेखि मनाइएको छैन।


    सोमवार, जेठ २२ २०८००२:०५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij